Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफको आईपिओ कहिले आउँदैछ, कति दिने आवेदन ? सम्पूर्ण जानकारी

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १६ : ५३ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर   (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि  छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको