Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको ऋणपत्र माघ २२ गतेदेखि बजारमा आउँदै

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ०९ : ०७ मा प्रकाशित

कामना सेवा विकास बैंकको ऋणपत्र माघ २२ गतेदेखि बजारमा आउँदै

कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गते बिहीबारबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

लगानीकर्ताले यस ऋणपत्रमा माघ २२ गते बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण हेर्नुहोस्:

6010dd3a999f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको