Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार पनि सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १० : ४९ मा प्रकाशित

बिहिबार पनि सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

आज (बिहिबार) सुनको मूल्य ओरालो यात्रा तय गरेको  छ । बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको हो ।

आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन पनि प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाला सुन ९२ हजार १ सय रुपैयाँ र तेजावी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी पनि  प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला  १ हजार २ सय ४५  रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको