Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९२.५३% ले बढ्यो, अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, १२ : ३२ मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९२.५३% ले बढ्यो, अन्य सूचक के भए ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त सार्वजनिक गरिएको विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ७८ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ५६.५६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड ८९ लाख रुपैयाँ थियो ।

कम्पनीले  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीले  ९२.५३ प्रतिशत  बढी बीमा शुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीले सो अवधिमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७४१.३६ प्रतिशतले बढी हो। गत वर्षको सोहि अवधिसम्म यस्तो भुक्तानी १८ लाख ३ हजार रुपैयाँमा सीमित थियो। 

कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४८ करोड २४ लाखको उचाइमा पुगेको छ। 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको छ भने  प्रतिसेयर आम्दानी १४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ  १३४.८१ रुपैयाँ रहेको छ। 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

6013b07fad9ec.JPG 6013b0849c49a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको