Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

अर्थ संसार

शनिबार, १७ माघ २०७७, ०९ : १३ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपीओ) काे बाँडफाँड माघ ९ गते, शुक्रबार भएकाे छ । 

आइपिओ सूचीकरणको लागि सिडीएससीसँग हिजाे शुक्रबार नै सम्झौता भएको छ । सिडीएसले भाेलि आइतबारबाट लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउन थाल्नेछ । लगानीकर्ताको खातामा शेयर पठाएपछि नेप्सेसँग सूचीकरणको सम्झौता नेप्सेमा । नेप्सेमा सुचिकृत भएको भोलिपल्टदेखि दाेश्राे बजारमा कम्पनीकाे सेयर कारोबार सुरु हुनेछ । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

चन्द्रागिरी हिल्स लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिसेयर नेटवर्थ ९६ रूपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २९० रुपैयाँ ७ पैसा हुन्छ । 

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे ।  

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको