Like us!
Follow us!
Connect us!
Watch us!

नेपालकाे सेयर बजार ८००० अंक माथि जानसक्छः विश्लेषक विमल तिवारीसँग कुराकानी

अर्थ संसार टक

शनिबार, १७ माघ २०७७, १० : १५ मा प्रकाशित

तपाइँ सेयर किन्दा कम्पनीकाे कुन कुरा हेर्नु हुन्छ ? कतिपय लगानीकर्ता कम्पनीकाे आ धारभूत विश्लेषण गरेर लगानी गर्छन् । कति भने कम्पनीकाे प्राविधिक कुराहरूकाे विश्लेषण गर्छन् । धेरैलाइ लाग्छ, कम्पनीकाे प्राविधिक विश्लेषण गर्ने काम कठिन हाे ।

यसका लागि धेरै प्राविधिक ज्ञान हुनु पर्छ । तर लामाे समयदेखि सेयर बजारकाे प्राविधिक विश्लेषण गर्दै आ एका प्राेभिडेन्ट मर्चेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी विमल तिवारी आ धारभूत विश्लेषणभन्दा कम्पनीकाे प्राविधिक विश्लेषण सरल रहेकाे बताउँछन् ।

कम्पनीकाे आ धारभूत विश्लेषण गर्न धेरै कुराकाे अध्ययन गर्नु पर्छ, उनी भन्छन्, तर प्राविधिक कुरा थाेरै जानेर सजिलै कम्पनीकाे प्राविधिक विश्लेषण गर्न सकिन्छ ।

कम्पनीकाे प्राविधिक विश्लेषण गर्न नेपाल स्टक एक्स्चेन्जकाे साइटमा हुने ग्राफलाइ प्रयाेग गर्न सकिनेे उनले बताए । प्राेभिडेन्ट मर्चेन्ट बैंकिंग लिमिटेडले प्राविधिक विश्लेषण सिक्न चाहने लगानीकर्तालाइ निशुल्क तालिम दिने उनले बताए । सेयर बजारका लागि नेपालकाे अबस्था अनुकूल हुँदै गएकाे तिवारी बताउँछन् ।

नेपालकाे बजार सजिलै ८००० अंक माथि जान सक्छ, उनी भन्छन्, बाणिज्य बैंकहरूकाे सेयर अझै अन्डरभ्यालु छ, अब बाणिल्य बैंककाे सेयरमा छिट्टै उछाल आ उँछ । भारतमा एक दशकभन्दा बढी लगानीका क्षेत्रमा काम गरेका तिवारी जाेखिम लिन नचाहने लगानीकर्ता प्राथमिक सेयर निस्कासन (आइपिओ) भरेर बजारमा प्रवेश गर्न सक्ने उनकाे भनाइ छ ।

बजारमा धेरै जाेखिम नलिनेहरूका लागि म्युचुअल फण्ड, ऋणपत्रहरू उपयुक्त विकल्प हुन सक्छन्, उनी भन्छन्, लामाे समय धैर्य गर्न सक्नेहरूका लागि राम्राे कम्पनीकाे आ धारभूत विश्लेषण गरेर सेयर किनेर छाडिदिनु उपयुक्त हुन्छ । तिवारीसँग अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेकाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको