Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफको नाफासँगै बढ्यो बीमा शुल्क, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १० : १० मा प्रकाशित

प्राइम लाइफको नाफासँगै बढ्यो बीमा शुल्क, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दाेश्राे त्रैमाससम्ममा १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २४.०९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दाेश्राे त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८० लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २७ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि २९.२१ प्रतिशतले बढेर १३ अर्ब ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा ८ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ, जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6017848f5c1ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको