Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको नाफा १२५.६७ प्रतिशतले बढ्यो, अधिकांश सूचक उत्साहजनक (विवरणसहित)

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १३ : १४ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको नाफा १२५.६७ प्रतिशतले बढ्यो, अधिकांश सूचक उत्साहजनक (विवरणसहित)

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दाेश्राे त्रैमाससम्ममा १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १२५.६७ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ६ करोड ६५ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दाेश्राे त्रैमाससम्ममा कम्पनीले ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6017afba07140.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको