Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार झण्डै एक दर्जन कम्पनीको मूल्य ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १५ : २७ मा प्रकाशित

सोमबार झण्डै एक दर्जन कम्पनीको मूल्य ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

आइतबार भारी अंककाे गिरावट देखिएकाे सेयर बजारमा आज (साेमबार) भने चमक देखा परेकाे छ । साेमबार नेप्से दोहोरो अंकले बढेकाे छ ।

शेयर काराेबार मापक नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । नेप्से १.५९ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढेर ४३७.२८ मा पुगेको छ ।

यसैगरी, कुल २ सय ३ वटा कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९७ कराेड २९  लाख ३६  हजार ५ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी, बढेकाे बजारमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, प्रोग्रेशिभ फाइनान्स लिमिटेड, प्रोखरा फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सोल्टी होटल्स, तारागाउँ रिजेन्सी, बेष्ट फाइनान्स लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडकाे शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यी सबै कम्पनीका लगानीकर्ता आज मालामाल भएका छन् ।

6017cbab16593.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको