Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोको सेयरमा लगानीकर्ता झुमिए, यी कम्पनीका लगानीकर्ता भए मालामाल

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १५ : ०४ मा प्रकाशित

हाइड्रोको सेयरमा लगानीकर्ता झुमिए, यी कम्पनीका लगानीकर्ता भए मालामाल

आज बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो ।

बुधबारकाे सेयर बजारलाई नियाल्दा जलविद्युत कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिन्छ । बुधबार सर्वाधिक नाफा आर्जन गर्ने १० कम्पनीहरूमध्ये ६ वटा जलविद्युत कम्पनी परेका छन् ।

बुधबार सबैभन्दा धेरै नाफा कमाउनेमा चन्द्रागिरी हिल्स लिमिटेका लगानीकर्ताहरू रहेका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रूपैयाँ पुगेकाे छ ।

त्यसपश्चात् क्रमश : घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, बाेटलर्स नेपाल (तराइ) लिमिटेड, माउन्टेन हाइड्राे नेपाल लिमिटेड, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेड र छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेड रहेका छन् ।

604892832fe29.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको