Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टक एक्सचेन्ज पहिलेको मालपोत कार्यालय जस्तो भयोः लगानीकर्ता कृष्णप्रसाद न्यौपाने

लगानीकर्ताको आवाज

विहीबार, २२ माघ २०७७, १८ : २१ मा प्रकाशित

बिक्रम सम्बत २०४२–४३ सालदेखि निरन्तर सेयर बजार कारोबारमा सक्रिय लगानीकर्ता कृष्णप्रसाद न्यौपानेले नेपाल स्टक एक्सचेन्ज पहिलेको मालपोत कार्यलयजस्तै भएको बताएका छन् ।

अर्थसंसारको नियमित श्रंखला लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले यसो भनेका हुन् । अहिलेको मालपोत कार्यलयमा बरु धेरै परिबर्तन आइसकेको छ, तर नेप्सेमा कुनै परिबर्तन नआई अझै पुरनो मालपोत कार्यालयको जस्तो पद्दतिमा सञ्चालन भइरहेको उनको बुझाइ छ ।

सेयर बजारको निरन्तर उकालो यात्रा देशको अर्थतन्त्रकै लागि खतरनाक हुने उनको तर्क छ । अहिले नेपालको सेयर बजारमा बेलाबेलामा करेक्सन आइरहेको छ । जसले बजारलाइ थप सुदृढ बनाइरहेको उनको भनाइ छ । सेयर बजार निरन्तर बढ्नुभन्दा पनि बेलाबेलामा करेक्सन आइ उकालो लाग्नु सेयर बजारका लागि सुन्दर पक्षरहको उनी बताउछन् । अहिलेको बजारमा सबै पेसा तथा व्यबसायमा संलग्न भएका मानिसको आकर्षण बढ्नु पनि नेपाली बजारका लागि अर्को महत्वपूर्ण सकारात्मक पक्ष देख्छन् उनी । सेयर बजार जब अटोमेसन प्रणालीमा जान्छ, तब बजार नयाँ उचाइमा पुग्नु स्वभाविक रहेको उनको तर्क छ । उनका अनुसार नेपालमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा पनि सेयर कारोबार अटोमेसनमा जादाँ सेयरबजार बढ्ने परम्परा चल्दै आइरहेको हो ।

न्यौपानेका अनुसार हाल जारी नेपालको सेयर बजारको बुलिस ट्रेन्डको बजार अझै ३ बर्षसम्म कायम रहने र नेप्से परिसूचक छिट्टै ४५०० को बिन्दुमा पुग्नेछ । हाल आँफूले बिदेशमा बस्ने ५०० भन्दा बढी नेपालीहरुलाई निशुल्क रुपमा सेयर सम्बन्धी सल्लाह प्रदान गरिरहेको उनी बताउँछन् । बिश्वको तथा छिमेकी मुलुकहरुको तुलनामा हाम्रो देशको सेयर बजार न्यून बिन्दुमा रहेकाले सेयर बजार अझैमाथि लाने उनको तर्क छ । कोरोनाका कारण नेपालका लगानीका ५६ प्रतिशत क्षेत्रहरु ठप्प भएका कारण र बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याज घटाएका कारणले गर्दा पनि अहिले सेयरबजारमा धेरै लगानी भित्रिएको उनको तर्क छ । सेयर बजारको लगानीबाट हालसम्मा आफ्नो लगानीको ४० गुणाभन्दा बढी प्रतिफल हासिल गरिसकेको उनी बताउँछन् ।

सेयर बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई पहिले आइपिओमा लगानी गर्न उनी सुझाउँछन् । पछि सेयर बजारका बारेमा बिस्तृत अध्ययन गरेर मात्र दास्रो बजारमा प्रबेश गर्नु उपयुक्त हुने उनको भनाइ छ । सेयर बजारबाट प्रतिफल हासिल गर्न आत्तिन नहुने उनी बताउँछन् । आज लगानी गरेर भोलि प्रतिफल खोज्ने मान्छेहरुले सेयर बजारमा लगानी गर्न नहुने उनकाे तर्क छ । अब नेपालमा १० कित्ताका दरले गरिने सेयर बाँडफाँडको प्रणाली हटाएर सेयरको खण्डीकरण गरिनु पर्ने उनी बताउँछन् । सेयरको खण्डीकरणले देशको कर आम्दानीमा बृद्धि हुनुका साथै धेरै लगानीकर्ताहरुले लगानीको अवसर प्राप्त गर्ने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको