Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली उद्याेग जुत्ताचप्पलकाे माग धान्न सक्नेगरी उत्पादन गर्न सक्षम छन्ः फुटवेयर उत्पादक संघका अध्यक्ष फुँयालसँग कुराकानी (भिडियाे)

अर्थ संसार टक

शनिबार, २४ माघ २०७७, ०८ : १३ मा प्रकाशित

काेराेना भाइरस संक्रमणकाे त्रासले ठप्प रहेकाे बजारमा केही चहलपहल सुरू भएकाे छ । बजारलाई चलायमान बनाउन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले राजधानीकाे भृकुटीमण्डपमा जुत्ता, चप्पल व्यापार मेला सुरु भएको छ । उक्त जुत्ताचप्पल मेलाकाे संयाेजक छन् एसाेसिएसनका समेत अध्यक्ष रहेका कृष्णकुमार फुँयाल ।

कोभिडका सबै ब्यवसाय ठप्प रहेका बेला एसाेसिएसनले पहिलाे बृहद् मेला आयाेजना गरेकाे हाे । मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाईफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतकाे सहभागीता रहेकाे संयाेजक फुँयाल बताउँ छन् ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने फुयालकाे भनाइ छ । मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् ।

भृकुटिमण्डपमा सुरू भयाे बृहत जुत्ता चप्पल मेला, ५०% सम्म छुट

नेपाली जुत्ताचप्पललाई उपभाेक्ताले निकै मन पराएकाे फुँयालकाे अनुभव छ । मेलाले लामाे समयदेखि बजारमा ननिस्केका उपभाेक्तालाई आकर्षित गर्ने उनकाे विक्वास छ ।

एसाेसिएसनले हरेक बर्ष यस्ताे ब्यापार मेला गर्दै आएकाे छ । नेपाली जुत्ताले स्वदेशी मागकाे ६० देखि ६५ प्रतिशतसम्म धानेकाे अध्यक्ष फुँयालकाे भनाइ छ ।

पूर्ण क्षमतामा चल्दा नेपाली माग धान्न सक्ने गरी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमता नेपाली उद्याेगकाे रहेकाे उनी बताउँछन् । अध्यक्ष फुँयालसँग भृकुटीमण्डपमा चलिरहेकाे ब्यापार मेला, नेपाली जुत्ताचप्पलकाे इतिहास र बर्तमानलगायतका समसामयिक विषयमा अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेकाे भिडियाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको