Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको अंकुशपछि खुम्चियो बैंकहरुको सेवा शुल्क आम्दानी

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १४ : २८ मा प्रकाशित

राष्ट्र बैंकको अंकुशपछि खुम्चियो बैंकहरुको सेवा शुल्क आम्दानी

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरुलाई सीमा तोकेर नियन्त्रण गरेपछि  सेवाशुल्कबाट अर्बौं आम्दानी गर्ने वाणिज्य बैंकहरु करोडमा सीमित भएका छन् । बैंकहरुले सेवाशुल्क धेरै लिएको गुनासो आएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सीमा तोकेर नियन्त्रण गरेको हो । त्यस्तै, कोभिड १९ का कारण पनि बैंकहरुको आम्दानीमा संकुचन आएको हो । 

चालू आवको पुसमा सेवाशुल्कबाट सबैभन्दा बढी आम्दानी गर्ने एनआईसी एशिया बैंकको पनि गतवर्षको तुलनामा ३४ दशमलव १९ प्रतिशतले आम्दानीमा कमी आएको छ ।  चालू आ.वको दोस्रो त्रैमासमा उक्त बैंकले ८५ करोड ५६ लाख रुपैयाँ मात्र सेवा शुल्कबापत आमदानी गरेको छ । गत आवको पुसमा यस्तो आमदानी १ अर्ब  ३० करोड रुपैयाँ थियो । 

पहिला दुरदराजमा कर्जा प्रवाह गर्ने, लघुवित्त र सहकारीहरुले ओगटेको तथा अन्य वाणिज्य बैंकको पहुँचमा नआएका ग्राहकसँग कम ब्याजदर लिएर सेवाशुल्क बढी लिने गरेको छ । तर, राष्ट्र बैंकले कडाइ गरेपछि सेवाशुल्कवापतको आम्दानी घटेको एनआइशी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाले बताए । 

कृषि विकास बैंकको सेवाशुल्कबापतको आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा साढे २९ प्रतिशत कमि आएको छ । गत आवको पुसमा ९९ करोड ६४ लाख रुपैयाँ सेवाशुल्कबाट आम्दानी गरेको यो बैंकले चालू आवको पुससम्म भने ७० करोड २३ लाख रुपैयाँ मात्र आमदानी गरेको छ । कोभिडका कारण लामो अवधिसम्म मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कारोबार शुल्कमा छुटका कारण पनि आमदानीमा कमी आएको बैंकका प्रवक्ता हेमलाल पौडेलले बताएका छन् । ‘१ वर्ष अघि देखि २० लाख रुपैयाँसम्मको ऋणमा सेवाशुल्क लिन नपाउने भनेका कारणपनि सेवाशुल्क वापतको आमदानीमा कमी आएको हो’ उनले भने । चालू आवको पुसमा नेपाल बङगलादेश बैंकको सेवाशुल्क आम्दानी  ८ दशमलव ६२ प्रतिशतले घटेर ४९ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सेवाशुल्कबाट सनराइजले ४८ कारोड, सिद्धार्थ र नेपाल इन्भेस्टमेन्ट बैंकले रु. ४६ करोड आम्दानी गरेका छन् । 

नेपाल एसबीआईले ४२ करोड, एभरेस्ट र नेपाल बैंकले ३५ करोड आमदानी गरेका छन् । त्यस्तै, स्टच्यान्डर्ड चार्टर्डले ३० करोड, हिमालयन बैंकले २९ करोड र बैंक अफ काठमाण्डौंले २७ करोड रुपैयाँ बराबरको सेवाशुल्कबापत आम्दानी गरेका छन् । यी बाहेक १४ ओटा वाणिज्य बैंकको भने यसपटक सेवाशुल्क आम्दानी गत आवको भन्दा बढी देखिएको छ । 

गत वर्षको तुलनामा २१ दशमलब ४१ प्रतिशत बढी सेवाशुल्क आम्दानी गरेको सानिमा बैंकले चालू आवको पुसमा ४३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही  अवधिमा सो शीर्षकका रु. ३५ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । 
विगतका वर्षमा नेपाल राष्ट्र बैंकले ८० प्रतिशत कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) तोक्ने गर्थ्यो । तर, चालू आवमा भने यसको दायरा बढाएर ८५ प्रतिशत पुर्याएको छ । यो मौकामा सानिमा बैंक सहित करीब ५ ओटा बैंकले सीसीडी ८१­८२ हाराहारीमा पुर्याएका छन् । गत आवको दोस्रो त्रैमासको त्रैमासमा सेवाबापत शुल्क तुलनामा चालू आवको दोस्रो आमदानी बढाउने बैंकमा नबिल, ग्लोबल आईएमई, प्राइम, एनएमबी, प्रभु, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी, सिटिजन्स, कुमारी, मेगा नेपाल, क्रेडिट एन्ड कमर्श, सेञ्चुरी र सिभिल रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाले एकै प्रकारका कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग लिने प्रशासनिक सेवाशुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्कमा शून्य दशमलव २५ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाईने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको