राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको वार्षिक सभा फागुन १९ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै, लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल गरी गरित गरिनेछ । 
त्यसैगरी कम्पनी ऐन २०६३ र कम्पनीको प्रवान्धपत्र तथा नियमावली बमोजिम स्वतन्त्र संचालक बाहेकका संचालकहरुको निर्वाचन पनि गरिनेछ । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस