Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, ०९ : ०८ मा प्रकाशित

कालिका पावरको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ । 

कालिका पावर कम्पनी लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर-१० चितवनमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि माघ १६ गतेदेखि माघ १९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको