Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले डाक्यो संयुक्त साधारण सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शनिबार, ०१ फागुन २०७७, १३ : ४२ मा प्रकाशित

पाँचथर पावरले डाक्यो संयुक्त साधारण सभा, के-के छन् एजेण्डा ?

पाँचथर पावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे माघ २५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चौँथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते, साेमबार, होटल इम्पेरीयल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे वार्षिक प्रतिवेदनबारे लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

602786c7258bd.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको