Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक, मूल्य कति ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १७ : ०१ मा प्रकाशित

ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक, मूल्य कति ?

ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चयक्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए१५एस ले प्रयोगकर्तालाई बिनाकुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गर्छ ।

प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखिओपो ए१५एस मा बृहत्त सञ्चयक्षमताका साथमा ४,२३० एमएएचक्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । फोन बोक्दाहत्केलामा सजताको अनुभवदिने पातलो र स्लिक स्टाईलिशलुक्सका साथै दृश्यावलोकनमाआरामदायिताप्रदानगर्ने सोचका साथफोनमा ६.५२ ईञ्च स्क्रिनको प्रयोग गरिएको छ । अतिरिक्तमिहेनतविनै क्लियर शट्स लिन सकियोस् भन्ने सोचका साथओपो ए१५एस माफोटोग्राफीकालागिएआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।

‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसंग जडित रहनेआवश्यकताकालागिउपयुक्तउपकरणका रुपमाओपो ए१५एस उपलब्ध गराउनपाउँदाहामीनिकै उत्साहित छौँ ।’, ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभवप्रदानगर्ने सोचका साथहामीले फोनमा बृहत्त सञ्चयक्षमताका साथैठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’

बृहत्त सञ्चयक्षमता, स्मूथप्रदर्शनी
ओपो ए१५एस मातिब्र ‘रिड एण्ड राइट’ गतिकालागि ४जीबी ¥याम र स्मूथकार्य प्रदर्शनीक्षमताकालागि ६४जीबीको बृहत्त सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार २५६जीबी सम्म बढाउन समेत सक्छन् । अक्टा-कोर चिपसेट, मिडियाटेक हेलियो पी३५द्वारा सुसज्जितओपो ए१५एस ले न्यूनउर्जा खपतमा समेत अदृतियकार्य प्रदर्शनीको क्षमता राख्छ । शक्तिशाली हार्डवेयरका साथै,ओपो ए१५एस मा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा ५ प्रतिशतको बृद्धि ल्याउँछ ।

यसमाउपलब्धहाईपरबुस्ट २.१ले फ्रेमबुस्ट र टचबुस्टको एकिकृत सहायतामार्फत फोन परफरमेन्सको स्थिती अनुमानगर्दै फ्रेम रेट लस घटाउन स्वचालित रुपमाआफूलाई समायोजितगर्दै, अझ स्मूथ र अझप्रतिक्रियात्मक गेमिङ अनुभवप्रदान गर्छ ।अनुकूलितफ्रेम रेटले गर्दा प्रयोगकर्ताले स्थिर र न्यून ढिलाइ सहितको ईन-गेम ग्राफिक्सको मज्जालिन सक्नेछन् ।

ओपो ए१५एस मा डाइ¥याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शनप्रविधिपनिउपलब्धगरिएको छ । यो प्रविधिले संगीत, चलचित्रलगायत गेमिङमा समेत अनुकुलितएकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ ।

एकपटक चार्ज गरी पूरै दिनफोनको सहजप्रयोग गर्न सकियोस् भन्ने सोचका साथओपो ए१५एस मा ४३२०एमएएचक्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । यसमा ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वाआफ्ना प्रियजनसंग कुराकानीगर्न पर्याप्तहुने उर्जा प्रदानगर्न सुपर पावर सेभिङ मोड पनिउपलब्धगरिएको छ । साथै, फोनमाअनलकिङकालागिप्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वाएआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन् ।

स्लिक डिजाइन सहितको ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जालिन सकियोस् भन्ने सोचका साथओपो ए१५एस मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागिओपो ए१५एस को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमाआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनिउपलब्ध छन् ।

७.९एमएममोटाई सहितको ए१५एस मा समाउन सहजताकालागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझआकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी भ्याक्यूम कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५एस दूई आकर्षक रंगमाउपलब्धगरिएको छ ।


एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए१५एसमा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चितगर्न सधाउनयसमा १३एमपीक्षमताको मुख्यक्यामेरा र ४सीएम सम्मकाक्लोज शट्स खिच्नयसमा २एमपीक्षमताको माक्रो लेन्सको समेत ब्यवस्थागरिएको छ । पोटे«ट तस्विरमाथपगहिराई दिने सोचका साथयसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थक्यामेरापनि जडान गरिएको छ ।

दैनिकीकापलहरु कैद गर्न ओपो एफ१५माअझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कमप्रकाशवा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ । त्यसैगरी, पोटे«ट बोके फिचरले पोटे«ट तस्विर खिच्दाप्राकृतिकबोके ब्याकग्राउण्डका साथै ६ पृथकपोट्रेट फिल्टर्सपनिउपलब्ध गराउँछ । ड्याजलकलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५एसले एआई सिन ईन्ह्यान्समेन्ट सुविधापनि दिन्छ । यसले २१ विभिन्नप्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिशफोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनिउपलब्ध गराउँछ ।

ओपो ए१५एसको ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामाथपनिखार देखाउने विकल्पपनिउपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियलफिचर्सलाई लिंग, उमेर र भौगोलिकआधारमा सुधार उपलब्ध गराउँछ ।

कलरओएस ७.२
ओपो ए१५एसमाविभिन्न सुविधाजनकफिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँफोनमाप्रयोगकर्ताको सहजताकालागियसमाअद्यावधिककलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री(फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ । साथै, आइकनपुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजताउपलब्ध गराउने फिचरपनिफोनमा समाहितगरिएका छन् । एउटै ल्यान कनेक्शनभएका स्थानमा साथीहरु भेलाभइरहेका बखत एउटै गीतको मज्जाएकसाथ सबैले आ(आफ्नो फोनमालिन सघाउने उपयोगीम्यूजिक पार्टी फिचरपनिफोनमाउपलब्धगरिएको छ ।

बजार उपलब्धता
फागुन ४गतेदेखि ओपोका प्रमुखविक्रि केन्द्र मार्फत नयाँफोन ए१५एस देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ४जीबी ¥याम र ६४जीबी रोमको ब्यवस्थागरिएको छ । ओपो ए१५एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको