Like us!
Follow us!
Connect us!
Watch us!

सांसदहरु मालामाल: संसद नचलेको अवधिको पनि तलब पाउने

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १४ : १३ मा प्रकाशित

सांसदहरु मालामाल: संसद नचलेको अवधिको पनि तलब पाउने

प्रतिनिधि सभाका सांसदले संसद नचलेको अवधिको पनि तलब पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए । सांसद पुन: स्थापना भएपछि उनिहरुले संसद नचलेको अवधीको पनि तलब पाउने भएका हुन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए।

त्यसैगरी, सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए। राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको