Like us!
Follow us!
Connect us!
Watch us!

यूनिभर्सल पावरको नाफा घट्दा अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १२ : २७ मा प्रकाशित

यूनिभर्सल पावरको नाफा घट्दा अन्य सूचक के भए ?

युनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण  सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ६३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ४६ प्रतिशत कम हो । गत वर्षको सोहि अवधिमा ३ करोड २ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको आर्जन गरेको थियो । 

त्यसैगरी, कम्पनीले विद्युत् उत्पादन सुरु गरेको छैन  ।  कम्पनीले अन्य शिर्षकमा यस वर्ष २ करोड ४२ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोतबाट गत वर्ष कम्पनीले ४ करोड ५० लाख २४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार र जगेडा कोष रकम ११ करोड ७८ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १.५६रुपैयाँ र  प्रतिसेयर नेटवर्थ १०५.६१ रुपैयाँ रहेको छ ।
 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:- 

603899083843a.JPG 6038991b042b3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको