Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धि पुर्याएर लगानी गर्न सके १५ बर्षमै १० गुणा कमाउन सकिन्छ : डा. केशव श्रेष्ठ

अर्थ संसार टक

आइतबार, १६ फागुन २०७७, १४ : २८ मा प्रकाशित

केमा लगानी गर्दा धेरै प्रतिफल पाउन सकिएला लगानी ब्यवस्थापन विज्ञ डा.केशव श्रेष्ठ राम्रो मुनाफा कमाउन लगानीका औजार बजारमा पर्याप्त रहेको बताउँछन् । बुद्धि पुर्याएर लगानी गर्ने हो भने १५ बर्षमा १० गुणासम्म प्रतिफल आर्जन गर्न सकिने धेरै क्षेत्र रहेको बताउँछन् ।

डा. श्रेष्ठको सल्लाहमा केही संस्थाहरुले यस्ता लगानी योजना संचालन गरिहेका छन् । लामो समयदेखि सेयर बजारको विश्लेषण गर्दै आएका डा. केशव श्रेष्ठ अहिलेको बजार सुन्निएको बताउँछन् ।

बजार अर्थतन्त्रको ऐना भएकाले अर्थतन्त्रसँगै बढ्नु पर्ने बताउँछन् । बजारमा नयाँ प्रवेश गर्नेहरुले कम्पनीका आधारभूत कुराहरुको अध्ययन गरेर मात्र लगानी गर्न उनी सल्लाह दिन्छन् । बजारले दिनदिनै नयाँ रेकर्ड कायम गरेका बेला लगानीकर्ता सेयर किन्ने कम्पनीको छनौट गर्न सचेत हुनु पर्ने बताउँछन् ।

बजार पुँजीकरण कुल गाहस्थ्य उत्पादनको हाराहारीमै पुग्नु स्वभाविक भन्दै उनले यसको आकार अझ ठूलो हुनु पर्ने उनको भनाइ छ । बजार निरंतर बढे पनि केही कम्पनीको सेयर मूल्य अझै कम (अण्डर भ्यालु) रहेको उनको डा. श्रेष्ठको भनाइ छ ।

बजारमा प्रवेश गर्नेहरुले कुनै कम्पनी छान्नुभन्दा अघि म्युचुअल फण्कुडहरूमा लगानी गर्दा जोखिम कम हुने उनको भनाइ छ। डा. श्रेष्ठसँग अर्थ संसार टकका लागि अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गरेको भिडियोे कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको