Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली पोखरामा

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १२ : ५४ मा प्रकाशित

प्रधानमन्त्री ओली पोखरामा

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा गएका छन् ।

यती एयरलाइन्सको विमानबाट गएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । 
 
प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको