राधी विद्युत कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा भाेलि (फागुन १९ गते, बुधबार) हुँदैछ ।
कम्पनीकाे माघ २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस