Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको साधारण सभा आज : शेयरधनीलाई छैन लाभांश

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, ०७ : ०३ मा प्रकाशित

राधी विद्युतको साधारण सभा आज : शेयरधनीलाई छैन लाभांश

राधी विद्युत कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन १९ गते, बुधबार) हुँदैछ । 

कम्पनीकाे माघ २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । सभामा स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको