Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता हल्लाकोपछि नलागौं,बलियो र दिगो संस्था छानेर कम जोखिमयुक्तमा लगानी गरौंँ

राधा पोखरेल

बुधबार, १९ फागुन २०७७, २० : ४५ मा प्रकाशित

लगानीकर्ता हल्लाकोपछि नलागौं,बलियो र दिगो संस्था छानेर कम जोखिमयुक्तमा लगानी गरौंँ

"पछिल्ला दिनहरुमा बजार कारण बिना नै तीब्र उतारको अवस्थामा पुगिरहेको छ । सेयर बजारलाई कतातिर डोहोर्‍याउने भन्ने कुरा लगानिकर्ताको मनोविज्ञानले नै तय गर्ने बिषय भएकाले छिमेकीको घर आगो लगाउँने प्रयास गर्दा बस्ती नै सोत्तर हुने अबस्थामा पुगेको छ ।

बजारमा पहुच हुँनेहरु र बजारका पंडितहरुबाट कहिले संकटकालको हल्ला चलाएर त कहिले तरलता संकुचनको हल्ला चलाइएर बजार आफु अनुकुल बनाउँदा पछिल्ला दिनमा शेयर बजारमा तीब्र गिरावट आउँदै गएको छ ।

यसैं बिषयलाई लिएर बुधबार  एउटा छलफलमा बसेको र अहिले  तरलता संकुचन नरहेकोले  त्यस्तो भनाईमा सत्यता नरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बताएका छन् ।  

यसर्थ समय- समयमा फैलिने यस्ता अफवाहहरुबाट जौगिदैं अवसर छ भनेर जहाँ पायो त्यहि लगानि गर्नु भन्दा पनि सजक र सजगतापुर्वक जोखिम बहन गर्न सक्ने गरि लगानी गर्नुपर्दछ । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि। बढेपछी घट्छ अनि घटेपछी बढ्छ। तर, हल्ला र अरुको कुरामा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने निर्णय नगर्नका साथै आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुहुन सम्पुर्ण लगानीकर्ता हरुमा हार्दिक अनुरोध गर्दछु ।"

राधा पोखरेल 
अध्यक्ष 
नेपाल पूँजीबजार लगानीकर्ता संघ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको