Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको इन्डेक्स होइन, कम्पनीको बित्तिय अवस्था हेरेर लगानी गरौँ : उत्तम अर्याल

अर्थ संसार टक

शनिबार, २२ फागुन २०७७, १२ : ४८ मा प्रकाशित

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सेयर बजारमा लगानी गर्दा नेप्सेको इन्डेक्स हेरेर भन्दा पनि आफूले लगानी गर्ने कम्पनीको प्राविधिक र आधारभूत पक्षहरुको राम्रोसँग अध्ययन गरेर लगानी गर्नु पर्ने बताएका छन् ।

सेयर बजारलाई देशको अर्थतन्त्रको ऐनाका रुपमा पनि परिभाषित गरिदै आइएको छ । तर, देशको अर्थतन्त्रको ऐना हुनका लागि सबै क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले नेपालको सेयर बजार देशको अर्थतन्त्रको ऐना हो कि हैन ? भन्ने कुराको बारेमा ब्यापक छलफल र बहस गर्नु पर्ने जरुरी रहेको बताएका छन् । 

नेपालको अहिलेको सेयर बजारको उचाई अथवा नेप्से परिसूचकको उच्चतम बिन्दु पुराना कम्पनीहरुको मूल्य बृद्धि भएको कारणले भन्दा पनि नयाँ नयाँ आईपीओ जारी गरेका कम्पनीहरुको मूल्य अत्याधिक उचालियका कारणमात्र नेप्से परिसूचक अहिलेको बिन्दुमा पुगेको उनको तर्क छ । 
कम्पनीका आधारभूत पक्षहरुको बारेमा अध्ययन गरेर गरेको लगानीले लगानीकर्तालाई कहिले घाटा नहुने उनी बताउँछन् । पिई रेसियो १० भन्दा कम भएका कम्पनीहरुको सेयर खरिद गर्न सकेमा त्यस्ता कम्पनीमा गरेको लगानीबाट लगानीकर्ता पछुताउनु पर्दैन, त्यसैगरी कम्पनीको बुक भ्यालुको ३ गुणासम्म मूल्य हालेर कुनै पनि कम्पनीको सेयर खरिद गर्दा पनि त्यस्तो कम्पनीमा गरेको लगानीले पनि लगानीकर्तालाई सामान्य अवस्थामा नोक्सानी गर्दैन , त्यसैगरी सकेसम्म बढि प्रसिसेयर आम्दानी भएका कम्पनीहरुको सेयर खरिद गरेमा पनि हानि नहुने उनको तर्क छ । 

बैंकको लगानी बढ्यो अब मौद्रिक तरलताका घट्छ र सेयर बजार बर्बाद हुन्छ भन्ने मनोभावना लगानीकर्ताहरुले त्याग्नु पर्ने अध्यक्ष अर्याल बताउछन ।

बैंकको लगानी बढ्दा बैंकको मुनाफा बढ्छ र बैंकको मुनाफा बढ्नु भनेको नै लगानीकर्ताहरुको मुनाफा बढ्नु हो भन्ने कुरा आम लगानीकर्ताहरुले बुझ्नुपर्ने उनको भनाई छ । बजारमा सेयर किन्न चाहनेहरूलाई उनका केही टिप्स छन् । उनै सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष अर्यालसँग अर्थसंसार डट कमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको