Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १० : ५१ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा, बोनस कति ?

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।  साथै, संचालक समितिको २०७५ पुस ९ गते बसेको बैठकबाट आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको तर कारण  सभा हुन नसकेको र सो को लागि सेयर दाखिला बन्द समेत नभएकाले उक्त ४ प्रतिशत बोनस सेयर समावेश रहने गरी माथि उल्लेखित २०७६/७७ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

604460862c18c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको