Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको कारोबार अब अन्तर्राष्ट्रिय बजारमा

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १२ : ४७ मा प्रकाशित

निफ्राको कारोबार अब अन्तर्राष्ट्रिय बजारमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लन्डन स्टक एक्सचेन्जमा ऋणपत्र (बोन्ड) जारी गर्ने भएको छ ।  बैंकले अन्तर्राष्ट्रिय लगानीका लागि पूँजी जुटाउन बजारमा २५ मिलियनदेखि ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाका अनुसार चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गरिँदैछ। यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई  स्वीकृति दिइसकेको छ ।  

पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकले जनाएको छ । 

निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक  संस्थाले ‘क्रेडिट र्‍यापिङ’  पनि गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको