Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सर्वाधिक गुमाउने दश कम्पनी

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १५ : २१ मा प्रकाशित

यी हुन् सर्वाधिक गुमाउने दश कम्पनी

आज (सोमबार) पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रामा रहेको सेयर बजारले आज पनि ओरोलो यात्रा तय गरेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक  दोहोरो अंकले घटेको हो ।

आज नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा पुगेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.०७ अंकले घटेर ४०.०५ मा पुगेको छ ।

कूल २ सय १२  वटा कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४  लाख २४  हजार ६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

राताम्मै बजारमा आज हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसैगरी क्रमश: सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर, प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सापोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

604f2b75b6db3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको