Like us!
Follow us!
Connect us!
Watch us!

डिसहोममा ‘कमेडी क्याफे’ सञ्चालन

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १२ : ११ मा प्रकाशित

डिसहोममा ‘कमेडी क्याफे’ सञ्चालन

डिसहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको छ । 

कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गते देखि डिसहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ । विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोनमार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रन्क (झुक्याउने) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

त्यस्तै, हाँस्य टेलिऋंखलामा ‘माने’ र ‘रेन्बो सोल्टा’ नाममार्फत परिचितक लाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई झुक्याँछन् । यस कार्यक्रममार्फत डिसहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको