Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्स : आयोजना प्रभावितको आईपीओ हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १३ : ४६ मा प्रकाशित

चन्द्रागिरी हिल्स : आयोजना प्रभावितको आईपीओ हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

चन्द्रागिरी हिल्स लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको नाउँमा रहेको साधारण सेयर (आईपीओ) हितग्राही खाता नम्बर हुबहु मिलेका सेयरधनीको खातामा जम्मा भइसकेको  छ ।

कम्पनीले हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका सेयरधनीको सेयर हितग्राही खातामा जम्मा गर्नका लागि हितग्राही खाता उपलब्ध गराउन आग्रह गरेको छ ।

कम्पनीले आफ्नो हितग्राही खाता कम्पनी अथवा सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको इमेल ठेगानामा पठाउन अनुरोध गरेको हो ।

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् 

6050666cadba9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको