Like us!
Follow us!
Connect us!
Watch us!

दुई हाइड्रोपावर कम्पनी आईपीओ ल्याउन पुगे सेबोनको ढोकामा

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १० : ३० मा प्रकाशित

दुई हाइड्रोपावर कम्पनी आईपीओ ल्याउन पुगे सेबोनको ढोकामा

विभिन्न २ वटा हाइड्राेपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते, मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

6052dddedbe4b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको