Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १३ : ५० मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

आज (बिहिबार)नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३ वटा कम्पनीको  सेयर सूचिकृत भएको छ । ३ वटा कम्पनीको 1 करोड १४ लाख २ हजार ९९०.२६ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर, नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस र हकप्रद सेयर र    सेन्चुरी कमर्शियल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड​
बिहिबार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल बंगलादेश बैंक लिमिटेड

 नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोअनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

सेन्चुरी​ कमर्शियल बैंक लिमिटेड
नेप्सेमा कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता सेयर सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको