Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! अम्बिका पौडेल नेपाल टेलिकमको सञ्चालकमा चयन

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १८ : २८ मा प्रकाशित

बधाई छ ! अम्बिका पौडेल नेपाल टेलिकमको सञ्चालकमा चयन

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध चयन भएका छन् । बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको थियो  । 

तर, मनोनयन दर्तामा पौडेलको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध चयन भएका हुन् । सर्वसाधारण सेयरधनीको तर्फबाट पौडेलले आफ्नो मनोनयन दर्ता गराएका थिए ।

यद्यपि निर्वाचन प्रक्रियाअनुसार शुक्रबार बेलुकीसम्म कसैको दाबीविरोध परे त्यसउपर छानबिन हुने र अन्तिम नामावली भने चैत ८ गते प्रकाशित गरिने निर्वाचन अधिकृत दीपक सुवेदीले जानकारी दिए ।

 चैत १३ गते हुने बार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ४.५ प्रतिशत कर्मचारी र  ३.९८ प्रतिशत सर्वसाधारणको छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ। 

 टेलिकमको साधारणसभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको ४० प्रतिशत नगद लाभांश पारित गर्ने छ। 

60534fc2a8679.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको