Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, ०८ : २२ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे चैत्र ५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ७२औं वार्षिक साधारण सभा चैत्र २७ गते, शुक्रबार, एयरपाेर्ट हाेटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60540e1296950.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको