आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक सभा आह्वान गरेको छ । संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको पाँचौं वार्षिक सभा बैठकले चैत ३१ गते मंगलबार, पन्चकन्या बेन्क्वेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिले प्रस्य्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।
संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना ह्रेनुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस