Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओको छिनोफानो आज !

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ०६ : ४२ मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओको छिनोफानो आज !

अर्थ संसार, काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (कार्तिक २६ गते , बुधबार) हुँदैछ ।

कम्पनीकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा आज बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्न लागेको हो ।
 

ऋणमुक्त भयाे रिडी, अब शेयरधनीलाई राम्राे लाभांशः कार्यकारी निर्देशकसँग कुराकानी । Kuber Mani Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको