Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो हरियाली, कारोबारमा निफ्राको अग्रता कायमै

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजारमा फर्कियो हरियाली, कारोबारमा निफ्राको अग्रता कायमै

दुईदिन देखि ओरालो यात्रा तय गरिरहेको सेयर बजारले आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ ।आज सेयर बजार दोहोरो अंकले बढेको हो ।  आज कारोबार रकममा पनि सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ । नेप्से १.२६  प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.१९ अंकले बढेर ४५६.१० मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे १ करोड २२ लाख ९ हजार ७सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब  १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ४८ करोड ९४ हजार बराबरको कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

6062f04144ec9.JPG 6062f044d5db6.JPG 6062f04847b15.JPG 6062f04d8f49d.JPG 6062f0521d990.JPG 6062f052216ec.JPG 6062f0523fccf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको