Like us!
Follow us!
Connect us!
Watch us!

१६ वर्षको उमेरमै सेयरबजार प्रवेश गरेका युवा भन्छन्ः बजारमा प्रवेश गर्ने नै युवा अवस्थामा हो

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, ०८ : ०० मा प्रकाशित

सामान्य रुपमा भन्दा किशोर अवस्था भनेको अविभावकको पैसामा रमाइलो गर्ने खर्च गर्ने उमेरका रुपमा बुझ्ने गरिन्छ तर वि.स २०५६ सालमा मकवानपुरको कुलेखानीमा जन्मिएका अमन बलामी भने १६ बर्षको उमेरमा नै सेयर बजारमा प्रवेश गरेर लगानी गर्न सुरुवात गरेका हुन् ।  

सुरुवातमा परिवारले आफ्नो पकेट मनिका रुपमा दिएको पैसा बचाएर सेयरमा लगानी गरेका उनको अहिले लाखौँको पोर्टफोलियो छ । युवा अवस्थामा जोखिम बहन गर्न सक्ने क्षमता बढि हुने भएकाले सेयरबजारमा प्रबेश गर्नका लागि युवा अवस्थानै उपयुक्त हुने उनको तर्क छ । 

व्यवसायमा प्रबेश गर्न लगानी धेरै चाँहिने भएकाले पनि कम लगानी गरेर पनि स्वरोजगार बन्न चाँहनेहरुका लागि सेयर बजार उपयुक्त गन्तब्य हुने उनको अनुभव छ । पाँच बर्ष अगाडी गरेको ५ हजार रुपैयाँको लगानी अहिले बढेर ३२ हजार पुगेको बताउछन् उनि । 

उमेरमै केहि गर्नुपर्छ भन्ने सोच आँफुमा विकास भएको र सामाजिक सञ्जालहरु मार्फत सेयर बजारका बारेमा अध्ययन अनुसन्धान गरेर सेयर बजारमा प्रबेश गरेको बताउछन् उनि । आमाले स्कुटी किन्नका लागि दिएको पैसा पनि सेयरमा लगानी गरेको अनुभन छ उनि संग । 

आधारभुत बिश्लेषण र प्राबिधिक बिश्लेषण भन्दा पनि सेयर बजारमा लगानीकर्ताको मनोबलले प्रभाव पार्ने उनको तर्क छ । लगानीकर्ताहरुले आफ्नो मनोबल कमजोर नबनाई ढुक्कसंग कुनै कम्पनीमा लगानी गर्न सकेमा मात्र कमाउन सकिने उनको भनाई छ । 

लगानीकर्ताले कुनै कम्पनीमा लगानीगर्दा पहिले छोटो समयका लागि गर्ने वा दिर्घकालिन लगानी गर्ने भन्ने कुरा निष्चित गरेर मात्र कम्पनीको छनौट गर्नुपर्ने उनको बिचार छ । लगनीकर्ताको बिश्वासमा बजार र्निभर हुने उनको तर्क छ ।

अहिले पनि नेपालका कतिपय कम्पनीको सेयर मूल्य न्यून भएको भन्दै अहिले पनि लगानीको अवसर रहेको उनको तर्क छ । अहिले पनि डिम्याट खाताको तुलनामा दोस्रोबजार कारोबार गर्ने लगानीकर्ताहरुको संख्या न्यून रहेको भन्दै बजार ले नयाँ उचाइ लिने उनको तर्क छ । 
कम्पनीले बिगतमा वितरण गरेको लाभांशको इतिहास र कम्पनीको बृद्धिलाई हेरेर लगानी गर्न सकेमा लगानीकर्ताहरुले राम्रो मुनाफा कमाउन सक्ने बताउछन् बलामी । विश्वबजारमा हुने र नेपालमा हुने चलखेल एकै प्रकारको भएपनि विश्वजार र नेपाली बजारमा हुने चलखेलमा माध्यमको मात्र भिन्नता रहेको बताउछन् उनी ।
 

उनै युवा लगानीकर्ता बलामीसंग गरेको कुराकानीको भिडियोः  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको