साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।
कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्ताे छ साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको यसअघिको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस