गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा  २०७८ साल बैशाख २१ गते मंगलबार हुनेछ ।
यस पटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै प्रतिफल वितरण नगर्ने भएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ६ गतेदेखि बुकक्लोज गर्दैछ त्यसैले बैशाख ५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस