Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाईमा एनआईसी एशिया लघुवित्त, १० दिनमै सेयरधनी मालामाल !

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, ११ : ०९ मा प्रकाशित

लगानीकर्ताको रोजाईमा एनआईसी एशिया लघुवित्त,  १० दिनमै सेयरधनी मालामाल !

पछिल्लाे केही दिनबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर लगातार सर्किट लेभलमा काराेबार भइरहेकाे छ । 

पछिल्लो ९ काराेबार दिनमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आकासिएको छ । चैत्र १८ गते, बुधबार ७ सय ९५ रुपैयाँमा कारोबार सुरु भएको संस्थाकाे प्रतिसेयरको मूल्य आज यस समाचार तयार पार्दासम्ममा एक हजार ८ सय ६८ रुपैयाँ पुगी सकारात्मक सर्किट लेभलमा पुगेको छ । 

यसरी हेर्दा संस्थाका लगानीकर्ताहरूले १० काराेबार दिनमा प्रतिकित्ता एक हजार ७३ रूपैयाँ कमाएका छन् । प्रतिशतले हेर्नुपर्दा संस्थाका लगानीकर्ताहरूले १३४.९६ प्रतिशतले कमाएका हुन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.९४ काे अनुपातमा गाभिँने प्रयाेजनका लागि साउन ३२ गतेदेखि सेयर काराेबार राेक्का गरिएकाे थियाे ।

मर्जरको सम्पूर्ण कार्य सम्पन्न भएपछि चैत्र १८ गते, बुधबारबाट दोस्रो बजारमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कारोबार फुकुवा गरिएको थियो । चैत्र १८ गते, बुधबारबाट कारोबार सुरु गरेको संस्थाको मूल्य आजसम्म पनि निरन्तर उकालो लागिरहेको छ । 

 

6077d34d4b33d.jpg 6077d3556dca0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको