Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ३ हजारमाथि पुग्छ, जोखिम बढ्यो : पल्लबराज नेपाल-सेयर विश्लेषक

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, ११ : १९ मा प्रकाशित

सेयर विश्लेषक पल्लबराज नेपाल सेयर बजार ३ हजारमाथि पुग्ने बताउँछन् । बजार जति बुलिस ट्रेन्डमा जान्छ त्यति नै लगानी जोखिममा पर्ने उनको तर्क छ । अब बजारमा लगानी गर्ने लगानीकर्ताहरुले बजार अब कहिले बढ्छ भनेर हेर्नुभन्दा पनि कहिले घट्छ र अनि बजार प्रबेश गर्छु भनेर सोच्नुपर्ने उनको सुझाव छ ।

बजारमा यदि कुनै कम्पनीको सेयर संख्या कम छ भने त्यस्तो कम्पनीको सेयर मूल्य सामान्यत बढि हुने गर्दछ । यसको कारण भनेको कम्पनीले कमाएको मुनाफा लगानीकर्ताको हिस्सामा बढि पर्ने हुनु र कम सेयर संख्याका कारण विभिन्न समूहहरुले त्यस्तो सेयरमा चलखेल गर्नेहुँदा पनि मूल्य कहिले काही माथि पुग्ने नेपालको तर्क छ ।  

नेपालमा कुनै समय वाणिज्य बैंकहरुको मूल्य उच्च थियो । तर, अहिलेको अवस्थामा बैंकहरुले आफ्नो दिर्घकालिन योजनाहरु लगानीकर्ता समक्ष पुर्याउन नसक्दा अहिले वाणिज्य बैंकहरुको मूल्य न्यून रहेको उनको तर्क छ ।

बुलिस ट्रेन्डमा लगानीकर्ताहरुले फन्डामेन्टल कुरा भन्दा पनि कम्पनीको सेयर मूल्य र भोलुम हेर्ने नेपाल बताउँछन्  । अघिल्लो बियरिस ट्रेन्डमा सबैभन्दा बढि नोक्सानी वाणिज्य बैंकका लगानीकर्ताहरुले व्यहोर्न परेकाले त्यो क्षेत्रमा लगानी गर्न लगानीकर्ता केहि डराएको हुन सक्ने उनको अनुमान छ ।  

 
कुनै कम्पनीमा लगानीगर्दा कम्पनीका कम्तिमा पनि कम्पनीका आधारभूत कुराहरुलाई बिश्लेषण गरेर लगानी गर्नुपर्ने उनी बताउँछन् । कम्पनीको प्रतिसेयर आम्दानी र कम्पनीको ग्रोथ हेरेर मात्र पनि लगानी गर्न सकेमा त्यस्तो लगानी सुरक्षित हुन सक्ने उनको सुझाव छ। 

अहिले नेपालमा वास्तविक क्षेत्रका कम्पनीहरु नेपालको पुँजी बजारमा नआउनुको प्रमुखकारण भनेको वास्तविक क्षेत्रमा लगानीगर्ने लगानीकर्ताहरुले आफुलेमात्र बढि मुनाफा कमाउने चाहना राख्दा यसो भएको हुन सक्ने उनको तर्क छ । यस्ता कम्पनीहरुलाइ पुँजीबजारमा ल्याउनका लागि सरकारले पनि कदम चाल्नुपर्ने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको