Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड २ म्युचुअल फण्ड बैशाख १३ गतेबाट निष्काशन हुने

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, ०७ : ३५ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड २ म्युचुअल फण्ड बैशाख १३ गतेबाट निष्काशन हुने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फण्ड निस्कासन गर्ने भएको छ ।  कम्पनीले बैशाख १३ गतेबाट नयाँ “एनआईबिएल समृद्धि फण्ड २” को बिक्रि खुल्ला गर्ने भएको हो ।

यस योजनाको आकार रु १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ ।प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यो फण्डमा लगानी गर्ने लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।

यो इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनआइबिएल एस क्यापिटल कोष प्रबद्र्धक रहि योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी सामूहिक लगानी कोष, नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ । एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड १” सफलता पूर्वक संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ । आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

सेयर बजारमा जोखिम बढ्यो,लगानीकर्ताले कुन बेला घट्छ अनि प्रवेश गर्ने भनेर सोच्नुपर्छ |Pallabraj Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको