Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नाफामा उछाल, अन्य सूचक पनि चम्किए

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, ११ : ३४ मा प्रकाशित

गरिमा विकास बैंकको नाफामा उछाल, अन्य सूचक पनि चम्किए

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा यो नाफा ३६.६३ प्रतिशतले धेरै हो ।  गत वर्ष सोहि अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ३६.९७ प्रतिशतले बढेर ९६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म  बैंकको यस्तो मुनाफा ७० करोड ७४ लाख रुपैयाँ रहेको थियो । 

बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ भएको छ । गत वर्षको सोहि अवधिसम्म यस्तो आम्दानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

चुक्तापूँजी ३ अर्ब ६७ करोड ५९ लाख रहेको बैंकको जगेडा कोषमा ९३ करोड २ लाख रहेको छ  । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ। 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-
 

607e6bbae5581.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको