Like us!
Follow us!
Connect us!
Watch us!

कसरी हुन्छ सेयर बजारमा चलखेल ?

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०१ : ३० मा प्रकाशित

अहिले नेपालको सेयरबजारका लागि स्वर्णिम युग हो । नेप्से सर्वाधिक उच्च बिन्दुमा पुग्नुका साथै सेयर कारोबार रकममा समेत उल्लेखिय बृद्धि भएको छ भने धितोपत्रको दोस्रो बजारमा नयाँ लगानीकर्ताहरुको बढ्दो आकर्षणले नेपालको सेयरबजारमा रौनकता थपिएको छ ।

बजारको विकाससंगै नेपालको सेयरबजारमा पनि केहि अराजकता मौलायको कुरा विभिन्न सामाजिक सञ्जालमा तथा विभिन्न कार्यक्रमहरुमा लगानीकर्ताहरुले व्यक्त गरिरहेको देखिन्छ । कतिपय निहित स्वार्थ बोकेका समूहले सेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरीकै पुँजीबजारमा समेत चल्ने गर्दछ । 

देशको परिस्थिती र अर्थव्यवस्था अनुसार भिन्न भिन्न ढंगले सेयरमा चलखेल हुने भएतापनी केहि चलखेलका स्वरुपभने विश्वभरी नै समान देखिन्छ । विश्वभरीनै हुने समान चलखेलहरु भनेका इन्साइडर ट्रेडिङ, सेयर कर्नरीङ्ग र अफवाह फैलायर सेयर बजारमा चलखेल गर्ने गरिन्छ ।

इन्साइडर ट्रेडिङ भनेको कम्पनीको भित्री सुचना चुहाँयर यदी कसैले सेयरको किनबेच गर्ने गर्छ भने त्यसलाई इन्साइडर ट्रेडिङ भन्ने गरिन्छ । कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । यसरी सूचना चुहाई आफूले वा अरूलाई कारोबार गर्न लगाए भित्री कारोबार भएको मानिन्छ । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन ।

आज हामिले सेयर मन्त्रको यो श्रंखलामा इन्साइडर ट्रेडिङ र सेयर कर्नरीङ्ग भनेको के हो ? सेयर बजारमा चलखेल कसरी हुन्छ ? र यस्तो चलखेलबाट कसरी बच्ने भन्ने बिषयमा जानकारी दिएका छौ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको