Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको सेयर लिलामीमा राख्ने, कुनको कित्ता कति ?

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, ११ : २० मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको सेयर लिलामीमा राख्ने, कुनको कित्ता कति ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमाबिक्री गर्ने भएको हो।

बैंकले सो सेयर वैशाख १६ गतेबाट लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको  हो। उक्त सेयरमा जेठ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।  लिलामीमा राखिने सेयरमा आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेका छन्।

आरएमडीसीको न्यूनतम प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकासको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त सेयरको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको