Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको सेयर आजबाट लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, ११ : ४७ मा प्रकाशित

आरएमडीसी लघुवित्तको सेयर आजबाट लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ।

बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । उक्त सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी र संघ संस्थाले आज (वैशाख १२ गते) देखि वैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। 

उक्त सेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताहरुले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  उक्त सेयरको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिटिमेडको कार्यालयमा पेश गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको