Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थमा गिरावट, अन्य बित्तिय अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ०७ : ११ मा प्रकाशित

नेपाल बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थमा गिरावट, अन्य बित्तिय अवस्था कस्तो ?

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज सोमबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँ  ऋणात्मक रहेकोमा अहिले यो समिक्षा अवधि सम्ममा बैंकको वितरणयोग्य मुनाफा बृद्धि भएर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा पनि भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९.७६ प्रतिशतले बृद्धि भएर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा बृद्धि भए पनि प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैया १३ पैसा रहेकोमा अहिले त्यो ३ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १९.२३ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १२ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर २१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको