Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक सधै अब्बल ! ९ महिनाको नाफा ४ अर्ब नजिक

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, ०७ : १६ मा प्रकाशित

नबिल बैंक सधै अब्बल ! ९ महिनाको नाफा ४ अर्ब नजिक

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा १६.५० प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि ८१.४८ प्रतिशतले बृद्धि भएर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ५ अर्ब ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनी बैंकको सञ्चालन मुनाफामा भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६.३७ प्रतिशतले बृद्धि भएर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा बृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैया ७४ पैसा रहेकोमा अहिले त्यो ९ रुपैयाँ ३४ पैसाले घटेर ३६ रुपैयाँ ४० पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३७.९१ गुणा रहको छ रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ११.२२ प्रतिशतले बढेर १७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको