Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३८.७६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, ०७ : ४० मा प्रकाशित

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३८.७६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?

प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद मुनाफामा ३८.७६ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि २४३.१७ प्रतिशतले बृद्धि भएर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ३ अर्ब ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो समिक्षा अवधिमा ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९.२८ प्रतिशतले बृद्धि भएर ४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैया ३६ पैसा रहेकोमा अहिले त्यो ४ रुपैयाँले बढेर २३ रुपैयाँ ३६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १९.३१ गुणा रहको छ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८८ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष १२.७९ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको